एजेन्सी, चर्चित पपस्टार जस्टिन बिबरसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी पपगायिका तथा अभिनेत्री सेलेना गोमेज नयाँ सम्बन्धको खोजिमा रहेको बताइएको छ ।
लभ अफेयरका कारणले राम्रै चर्चामा तानिएका यो जोडीको सम्बन्ध टुटेको खबरले पनि उनीहरुका फ्यान निराश बनेका थिए । तर, जस्टिनसँगको तीन वर्षे प्रेम तोडेर एक्ली भएकी सेलेनाले भने अब हुनेवाला नयाँ सम्बन्धको कुरा गर्न थालेकी छिन् ।
जस्टिनभन्दा दुई वर्ष जेठी सेलेनाले विगतको प्रेमले आफ्नो आगामी प्रेममा कुनै असर नपर्ने दाबी पनि गरेकी छिन् । ‘मलाई लाग्दैन कि जस्टिनसँग प्रेम गरेर मैले गल्ती गरेँ,’ उनले भनिन्, ‘मेरो नयाँ प्रेम सम्बन्ध झन् महत्त्वपूर्ण हुनेछ ।’







