प्रक्रिया रोक्न कांग्रेसमा दबाब

k|wfgdGqL lgjf; afn'jf6f/df g]kfnL sfFu|];sf t/fO{ If]qaf6 k|ltlglwTj ug]{ dlxnf, dw]zL, cflbjf;L;lxtsf ;ef;b;Fusf] 5nkmnkl5 aflxl/Fb} k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

भदौ २३ । काठमाडौँ,  संविधानसभामा पेश भएको संविधानको विधेयकमा असन्तुष्ट सय भन्दा बढी कांग्रेसका सभासद्ले तत्काल प्रक्रिया रोकेर आन्दोलनरत समूहसँग वार्ता अघि बढाउन नेतृत्वलाई दबाब दिएका छन् ।

मधेशी, दलित, जनजाती, थारू र विधेयकमा असन्तुष्ट थप कांग्रेस सभासद्हरूले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवालाई दबाब दिएका हुन् । उनीहरूले  जनजाती, मधेशी, दलित र थारूलाई बाहिर राखेर बनाइने संविधानको अर्थ नहुने भन्दै तत्काल संविधानसभाको प्रक्रिया रोक्न नेतृत्वलाई आग्रह गरे ।

‘यो संविधान कसका लागि बन्दैछ जनजाती, मधेशी, दलित र थारूलाई बाहिर राखेर कसका लागि संविधान ल्याउन लागिएको हो ।’ केन्द्रीय सदस्य शेखर कोइरालाले प्रश्न गरे, ‘तत्काल प्रक्रिया रोकेर सबैले  स्वीकार गर्ने संविधान बनाउन तर्फ लाग्नुहोस्।’

असन्तुष्ट सभासद्हरूले सवै पक्ष बाहिर राखेर सेना र प्रहरीको घेरामा जारी हुने संविधानको अर्थ नहुने भन्दै संविधानसभाको ठूलो र लोकतान्त्रिक पार्टीका नाताले कांग्रेसले तत्काल माग सम्बोधन गर्न पहल गर्नुपर्ने बताएका थिए । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु