भदौ २०। काठमाडौँ, संविधानसभाको बैठक आगामी मंगलबार विहान ११ बजेलाई बोलाइएको छ। संविधानसभा सचिवालयले २२ गते विहान ११ बजेलाई संविधानसभाको बैठक बोलाएको जानकारी दिएको छ । बैठकमा संविधानको मस्यौदाको धारा उपधारामा दफावार छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ।
संविधानको मस्यौदामाथिको दफावार छलफल सकिएपछि संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा छलफल हुने सचिवालयले जनाएको छ। संविधानको विधेयकमाथि विभिन्न दलले ५६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
संशोधन प्रस्तावमाथिको छलफल पछि संशोधन प्रस्ताव संविधानसभामा निणयार्थ पेश हुन्छ। प्रस्ताप पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ। दुई तिहाइ पुग्ने संशोधन प्रस्ताव जारी हुने संविधानमा उल्लेख हुने र दुई तिहाइ नपुग्ने प्रस्ताव अस्विकृत हुने संविधानसभा कार्यसंचालन नियमावलीमा उल्लेख छ।








