संविधान संशोधनमार्फत माग सम्बोधन गर्न सकिन्छः किराती

gopal-kiratiकाठमाडौँ,  एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले संविधान जारी भएपछि पनि संसोधनमार्फत समस्याको समाधान गर्न सकिने बताए ।

राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा नेता किरातीले मधेसमा आन्दोलनको औचित्य नभएको बताउँदै भने “संविधान जारी भएपछि पनि आन्दोलनरत पक्षसँग वार्ता गरेर संशोधनमार्फत समस्याको समाधान गर्न सकिन्छ ।”

नेकपा एमालेका केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले लोकतान्त्रिक मूल्यमान्यताअनुसार काम गर्न नखोज्दा मुलुकको समस्या हल नभएको भन्दै वर्गीय दृष्टिकोणबाट जातीय र धार्मिक समस्याको समाधान खोज्न आग्रह गरे। उनले धर्म र प्रदेशलगायत विषयमा बहुसङ्ख्यक जनताको अभिमतअनुसार निर्णय गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सभासद् आङटावा शेर्पाले संविधान जारी हुन नदिने तत्वले धर्म, धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको विषयलाई अगाडि बढाएको आरोप लगाए ।

सम्बन्धित शिर्षकहरु