एजेन्सी, भारतीय कम्युनिष्ट पार्टीका नेता अतुलकुमार अन्जानको एक भिडियो सामाजिक संजालमा अहिले भाइरल बनिरहेको छ ।
यस भिडियोमा उनले भनेका छन्, ‘टेलिभिजनमा अभिनेत्री सन्नी लियोनले गरेको कण्डमको विज्ञापन पटक पटक देखाउँदा देशमा बलत्कारको घटना बढ्ने छ ।’
भिडियोमा अन्जानले एउटा जनसभामालाई संबोधन गर्दा उक्त वाक्य बोलेको देखाइएको छ ।
भिडियोमा अन्जानले भनेका छन्, ‘टेलिभिजन खोल्ने बित्तिकै सन्नी लियोनको कण्डमको विज्ञापन निरन्तर देखाइन्छ । यो प्रचार केबल यौनलाई प्रोत्साहन दिरहेको छ र संवेदनशिलतालाई सिध्याइरहेको छ । यदि यस्ता विज्ञापन देखाइरहने हो भने बलत्कारका घटना बढ्ने छन् ।’
ट्वीटमा यस खबरमाथि बहस भएको छ । सन्नी लियोनको नाममा ट्रेण्ड चलेको छ । पत्रकार शिवम विजले ट्वीट गरेका छन्, के अतुल अन्जान यो विज्ञापन हेरेपछि बलत्कारको लागि प्रेरित हुन्छन् ।
एक अर्को प्रयोगकर्ताले ट्वीटमा ह्याण्डलमा लेखेका छन् के सीपीआई नेता सन्नी लियोनमाथि पिएचडी गरीरहेका छन् ।
यूजर गौतम त्रिवेदी्ले ट्वीट गरेका छन् यस्ता नेताको बुद्धि देखेर दया लाग्छ ।
गत बर्ष अभिनेता कमाल आर खानको एक ट्वीट पछि सन्नी लियोनले उनका बिरुद्ध मानहानीको मुद्धा हालेकी थिइन ।
कमाल खानले ट्वीट गरेका थिए यदि दिग्विय सिंहको विवाहमा सन्नी लियोन स्ट्रिप शो गर्छ भने म काँग्रेसलाई एक करोड चन्दा दिन तयार छु । हाहा जिस्किएको, जस्ट फन दुवै नबन्ने? बाहियात् लाग्छ । त्यँही माथि हजुरको विएफ छँदै छनी







