उन्नाइस दिनको बन्दले जनजीवन अत्यन्तै कष्टकर

Caders of Madhesi Morcha forcing to shut down market areas in Rajbiraj, on the first day of  two day general strike on Sunday, August 16, 2015.  Photo: Byas Shankar Upadhyaya

भदौ १६। गौशाला,  विगत १९ दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

बन्दको कारण खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।

जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ भने हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।

बन्दका कारण जिल्लामा खाद्य सङ्कट उत्पन्न हुन थालेको छ भने लुकाइछिपाइ बिक्री गरिने खाद्यवस्तु र पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । त्यस्तै जिल्लामा बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि विरामीहरु थप मर्कामा परेका छन् ।

बन्दको मारमा सबभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएका गुनासो समेत गरेका छन् । सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न सकेका छैनन् ।

सम्बन्धित शिर्षकहरु