भैरव नाचको तयारी पूरा

bhairab nachभदौ १२ । भक्तपुर, मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाइँने प्रसिद्ध ऐतिहासिक भैरवनाचको तयारी पूरा भएको छ ।

मध्यपुर थिमि वडा नं १० स्थित तुलननी र कुम्हाननीका स्थानीय बासिन्दाले लोप भइसकेको जात्रा गत वर्षबाट पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रा सञ्चालन गर्न एक महिनादेखिको तयारी पूरा भएको छ ।

थिमिको तुलंननी, कुम्हाननी, नासःननी, चपाचो, गु“गःचिवाः, कुतिंचिवाः, दिगु टोल, इनाय टोल, लाय्कू टोल, दथु टोल, मरु टोल र बालकुमारीलगायतका टोल र देवालयमा नचाइने र अन्तमा नासननी टोलमै गई समापन गर्ने परम्परा रहेको छ ।

तन्त्रमन्त्रद्वारा दैवी शक्ति रहनेगरी भैरव नाचमा भैरव दुई जना, दा“गी दुई जना र ज्यापुंगःचा एक जना गरी पा“च जनाको टोली रहेको हुन्छ भने त्यस बाजा बजाउने र म्वाय्ली बजाउन आठदेखि १० जनासम्मको समूह रहेको हुन्छ । उक्त बाजा बजाउनेमा धांःबाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा रहेका छन् ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीनतालसम्ममात्र नचाइने चलन छ भने नृत्यनाथ ९नसःद्य०को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकालीसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःका रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ ।

सम्बन्धित शिर्षकहरु