भदौ ११ । काठमाडौँ, एसीसी यू १९ प्रिमियर ट्रफीमा युएईलाई नेपालले एकसय ४९ रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर व्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नेपालको चुनौतिलाई पछ्याउने क्रममा युएई २०.५ ओभरमा सवै विकेट गुमाउँदै ५० रनमै समेटियो । नेपाललाई सानदार जित दिलाउन सुशील कँडेलले सर्वाधिक चार विकेट लिए । त्यस्तै सुनील धमलाले तीन विकेट र प्रेम तामाङले दुई विकेट लिए ।








