संविधान लेखनलाई निष्कर्षमा पु¥याउन सभासद्लाई आग्रहः प्रधानमन्त्री कोइराला

Nepal-Prime-Minister-Sushil-Koiralaभदौ ९ । काठमाडौँ,  प्रधानमन्त्री एवम् सभासद् सुशील कोइरालाले सबैको भावनालाई बुझेर शालीनताका साथ संविधान लेखनलाई निष्कर्षमा पु¥याउन सबै सभासद्लाई आग्रह गरेका छन् ।

नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचको साझा डकुमेन्ट भएकाले यसलाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ भने ।

मस्यौदामा देखिएका कमीकमजोरीलाई परिमार्जन र सुधार गरेर जान सकिन्छ भन्दै प्रधानमन्त्री कोइरालाले यसलाई आवश्यक पर्दा संशोधन गरेर अघि बढ्न सकिने भएकाले मेरा सबै कुरा समेटिएन भनेर नआत्तिन सुझाव दिए।

प्रधानमन्त्री कोइरालाले भने, “सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेको छ, अब जनतालाई छिटो संविधान दिनुपर्छ, संविधान दिन नसक्दा नसोचेका घटना भइरहेका छन्, मुलुकमा अमनचयन गरेर संविधान दिनु आजको आवश्यकता हो । सबै मिलेर शान्ति कायम गरौँ, जति अशान्ति भयो त्यति नै नोक्सान हुन्छ, सुरक्षाकर्मीलाई पनि ज्यादती नहोस् भनेर भनिरहेका छौँ ।”
प्रधानमन्त्री कोइरालाले शान्तिका साथ परिवर्तनलाई संस्थागत गर्न संविधान जारी गरेर त्यसमा देखिएका कमीकमजोरी सुधार गरेर अघि जानुपर्ने आवश्यकतामा जोड दिए ।

सम्बन्धित शिर्षकहरु