मधेशी मोर्चा गुट–उपगुटमा

madhesi.janajatiभदौ ९  । काठमाडौँ, आन्दोलनको अगुवाइ गरेका नेताहरु नै विभिन्न गुट र उपगुटमा विभाति भएपछि वीरगन्जमा मधेस केन्द्रित दलहरुले गरेको आन्दोलन प्रभावहिन भएको छ । आन्दोलनको अगुवाइ गरेका नेताहरु नै इमानदार नभएकाले आन्दोलन कमजोर बन्दै गएको मधेसी दलका कार्यकर्ताहरु बताउँछन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मोर्चा साउन ३१ गतेदेखि छुट्टाछुट्टै रुपमा अनिश्चितकालिन मधेस बन्दको आह्वान गरेर आन्दोलनमा छन् ।

वीरगन्जमा जारी आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइ संघीय समाजवादी फोरम नेपालले गरेको छ । संघीय समावेशी मोर्चाको अगुवाइ भने नेपाल सद्भावना पार्टीले  गरेको छ तर आपसी मतभेदका कारण एउटै पार्टीका नेता समेत दुवै मोर्चामा सामेल छन् ।

संस्थागत रुपमा फोरम नेपाल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अबद्ध रहे पनि उसका केन्द्रीय सदस्य राजकुमार  यादव संघीय समावेशी मोर्चामा लागेका छन् । यस्तै सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा छन् भने उक्त पार्टीको युवा संगठन सदभावना युवा मञ्चका उपाध्यक्ष फिरोज मन्सुर संघीय समावेशी मोर्चामा छन् ।

दुवै मोर्चाले घन्टाघर चोकमा छुट्टाछुट्टै पाल हालेका छन् । जुलुस निकाल्दा पनि दुवै मोर्चाले छुट्टाछुट्टै निकाल्ने गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

सम्बन्धित शिर्षकहरु