टीकापुर घटनालाई लिएर प्रमुख ४ दलको बैठक बस्दै

4 partiesभदौ ८ । काठमाडौँ,  कैलालीको टीकापुर घटनालाई लिएर प्रमुख ४ दलको बैठक बस्न लागेको बुझिएको छ ।

प्रदेश सीमाकंनको बिषयलाई लिएर कैलालीमा भएको प्रर्दशनले हिंसात्मक रुप लिएपछि प्रमुख ४ दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

बैठकले कैलाली घटनाको बिषयमा समिक्षा गर्दै सामाजिक सदभाव भड्किन नदिन सवै पक्षलाई आह्वान गर्ने बताइएको छ । बैठक समय भने अझै तय भएको छैन ।

यस्तै बैठकले देशका विभिन्न स्थानमा आन्दोलनरत पक्षको माग सम्वोधन गर्ने बिषयमा ठोस धारणा बनाउने नेताहरुले बताएका छन् । आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाएर थरुहटका साथै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको मागलाई सम्वोधन गर्नेबारे प्रमुख दलको बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु