देउवा र रावलको नाम संसद्को ‘रेकर्ड’बाट मेटाउन सभामुखको निर्देशन

Subhash-Chandra-Nemwangभदौ ६ । काठमाडौँ, सभामुख सुवास नेम्वाङले सांसदहरूलाई संयमित भएर आफ्ना अभिव्यक्ति सदनसमक्ष प्रस्तुत गर्न आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने केही सांसदले उत्तेजित हुँदै अमर्यादित ढङ्गले विभिन्न दलका नेता तथा सांसदविरुद्ध नाम नै किटेर आक्षेप लगाएपछि सभामुख नेम्वाङले त्यस्तो आग्रह गरेका हुन्

थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी सत्गौवाले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र नेकपा एमालेका सांसद भीम रावलविरुद्ध आक्रोश पोखेपछि सभामुखले भने – “उत्तेजित हुनु हुँदैन, असंयमित हुँदा राम्रो सन्देश जाँदैन, सडकमा जारी असंयमता मत्थर पार्ने हामीले असन्तुलित मन्तव्य दिँदा हामी आफैँले बनाएको संसदीय नियमावली विपरीत हुन्छ ।”

साथै सभामुखले नेताद्वय देउवा र रावलको नाम व्यवस्थापिका– संसद्को ‘रेकर्ड’बाट मेटाउन संविधानसभा÷व्यवस्थापिका–संसद् सचिवालयलाई निर्देशन दिए ।

सम्बन्धित शिर्षकहरु