भदौ ६। काठमाडौँ, विभिन्न जनजाती सम्बद्ध संघ संस्थाले आह्वान गरेको बन्दका क्रममा उपत्यकाबाट १७ बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । जवरजस्ती बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बन्दबाट उपत्यकाको जनजिवन सामान्य छ भने फाट्टफुट्ट मात्रै सवारी साधनहरू चलेका छन् ।
बन्दका क्रममा बस चलाएको भन्दै अनामनगरमा नेपाल यातायातको बा १ ख ७३४४ नं गाडिमा बन्दकर्ताले ईंटा प्रहार गरी सामान्य क्षति पुर्याएका छन् । बन्दको असर सामान्य छ ।








