काठमाडौँ, उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संवाद र सहमतिको माध्यमबाट देशलाई निकास दिनुपर्ने धारणा राखेका छन् ।
फिजीको छदिने भ्रमण सकेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले सबै दल मिलेर जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताए
उनले एसिया प्रशान्त क्षेत्र एकीकृत ग्रामीण विकासको सम्मेलनमा स्थानीय निकायको एकीकृत विकास गर्नका लागि नेपालले अपनाएको नीतिका बारेमा अवगत गराएको बताए । सम्मेलनमा सहभागी देशले आ–आफ्नो देशको स्थानीय क्षेत्रका बारेमा जानकारी गराएको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे।
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले काँग्रेसको महाधिवेशनका बारेमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय लिने जानकारी दिए । उनले भदौ १५ गते संविधान निर्माण गर्न सकिए महाधिवेशन गर्न सम्भव हुने अन्यथा संविधान निर्माणमा समय थप भए समिति बसेर छलफलको माध्यमबाट अघि बढ्ने बताए।








