अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल तेश्रो स्थानमा

पुस ९ ।काठमाडौ, चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले तेश्रो स्थान हासिल गरेको छ । नेपाल ४ स्वर्ण, ४ रजत र ११ कांस्यसहित तेश्रो भएको हो ।

डिसेम्बर २० र २१ तारिखमा भारतको देहरादुनमा भएको प्रतियोगितामा अफ्गानिस्तान पहिलो र भारत दोश्रो भए ।

नेपालका लागि सुस्मिता थापा मगर, रन्जु तामाङ, एन्जिला योञ्जन र मुना तामाङले स्वर्ण जिते । बनदना तामाङ, विजय रुम्बा, नवराज बस्नेत र भीमबहादुर खड्काले नेपाललाई रजत दिलाए । नेपालका कल्याण कुँवरसहित ११ खेलाडीले कांस्य जिते । च्याम्पियनसिपमा नेपाललगायत ९ राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु