अष्ट्रेलिया, यसैबर्ष देखि प्रदान गर्न लागिएको स्मार्ट राइनो कम्युनिटी अवार्ड श्री नापित र डा. कुमुद धिताललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । सिड्नीस्थित स्मार्ट राइनो ग्रु अफ कम्पनिजले नेपाली समुदायमा योगदान पुर्याउने अष्ट्रलियावासी नेपालीलाई प्रोत्साहन स्वरूप अवार्ड वितरण गर्न लागेको हो ।
को हुन् नापित?
लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष समेत रहेका नापित नेपालमा गएको भूकम्पमा निकै सक्रिय भए । राहत र पुनस्र्थापनामा विशेष योगदान पुर्याएका उनले अष्ट्रेलियन सरकारसँग समन्वय गरी काम गरेका थिए । भूकम्पमा पुर्याएको योगदानको उच्च कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको कम्पनिजका निर्देशक विनोद पौडेलले असनेपालन्यूजलाई ।
त्यस्तै नापित लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायको हकहितमा योगदान पनि पुर्याउँदै आएका छन् । उनलाई बितरण गर्न लागिएको अवार्डले नेपाली समूदायमा नयाँ उत्साह र उमंग पनि सिञ्चित गराएको नेपाली समूदायले प्रतिक्रिया समेत दिएका छन् ।
कीर्तिमानी धिताल
यसैगरी धड्कन बन्द भइसकेको मुटुको सफल प्रत्यारोपण गरि चिकित्सा क्षेत्रमा नयाँ आयाम थप्ने धिताललाई अवार्ड दिन लागिएको हो । उनलाई नयाँ खोज र अनुसन्धानको माध्यमबाट नेपालीको नाम विश्वभरी चिनाउन सफल भएको भन्दै अवार्ड प्रदान गर्न लागिएको पौडेलले बताए ।
‘नेपाली समुदायलाई सहयोग गर्ने र टेवा पुर्याउनेहरुलाई प्रोत्साहन गर्नकै लागि हामीले यो अवार्डको घोषणा गरेका हौं ।’ पौडेलले भने– ‘यो अर्वाडले प्रवासमा रहेका नेपालीहरुको हकहित र उनीहरुको विकासमा टेवा र्पुयाउन थप सहयोग पुग्ने विश्वास छ साथै नेपाली समूदायका बिचमा काम गर्न हौसला समेत प्रदान गर्नेछ ।’
उनले यसपटक सुरुवात मात्रै भएकाले प्रोत्साहनका लागि सम्मान दिइने र अर्को बर्षदेखि कोष स्थापना गरी पुरस्कार समेत प्रदान गरिने उद्देश्य प्रष्ट्याए ।
स्मार्ट राइनोले यही अगष्ट २९ तारिकमा केगरिरा डटकमको आयोजनामा हुने फेसनमाण्डू फेशन शो कार्यक्रममा अवार्ड वितरण गर्नेछ । फेसनमाण्डूमा सहभागिमध्ये एकजना कलाकारलाई समेत वेष्ट मोडल अफ द ईयर अवार्डद्धारा सम्मानित गरिने पौडेलको भनाई छ ।








