भक्तपुर, नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले बिदेशी ग्राण्ड डिजाइनमा देश फस्दै गएको र संविधान जारी हुन नसकेको धारणा राखेकी छिन्
रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सबैको मागलाई सम्बोधन गर्ने नाममा राजनीतिक दलका नेताहरुले संविधान जारीतर्फ ढिलाई गरे देशले ठूलो विपद् थेग्नुपर्ने बताइन्।
कोईरालाले भनिन्, देश सङ्घीयतामा गइसकेको छ, छ प्रदेशमा आएको विवाद र समस्याको उत्तम समाधान पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनु नै हो ।’
तराई र पहाड टुक्र्याउने विदेशी डिजाइनले दलहरु असफल बन्दै गएको बताउँदै उनले तत्कालै संविधान जारी नगरे दलको अस्तित्वसमेत समाप्त हुने टिप्पणी गरिन्।
संविधान जारी गर्न नदिन विभिन्न खालका विदेशी शक्ति लागि परेको चर्चा गर्दै कोईरालाले संविधान जारीलाई पहिलो प्राथमिकतामा राखेर दल एकजुट हुनुपर्ने धारणा राखिन् ।
नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आपूm सभापतिको उम्मेदवारी दिने बताउँदै उनले महाधिवेशन सार्ने हो भने पार्टीले तत्काल निर्णय लिनुपर्छ भनिन्।








