अष्ट्रेलियामा तीजको रौनक

अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलिया नारी निकुञ्जले हिन्दू नारीहरूको महत्वपूर्ण पर्वतीजको अवसरमा सिड्नीमा विशेष सांगीतिक साँझ आयोजना गर्न लागेको छ । महिला मञ्च समेत रहेको नारी निकुञ्जले महिलाहरूबीच आपसी सद्भाव कायम गर्न कार्यक्रम आयोजना गर्न लागेको बताइएको teeejछ ।

‘तीजमा नेपाली महिलाहरू एकै ठाउँमा भेला भई वर्षभरीको सुख–दुःख  गीतसंगीतको माध्यमबाट एकअर्कासँग साटासाट गर्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौँ,नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले असनेपालन्यूजसँग भन्नु भयो  ‘ यस पटक तीजबाट उठेको रकम भूकम्प पीडितहरुलाई सहयोगका लागि खर्चन्छौँ ।’

यसका अतिरिक्त नारी निकुञ्जले नियमित रूपमा सञ्चालन गर्दै आएको पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि पनि निरन्तरता दिने जनाएको छ । कार्यक्रम आगामी शनिबार २२ अगष्टका दिन सिड्नीको ग्रानभिलस्थित ब्लाउजा कम्युनिटी हलमा हुनेछ । कार्यक्रमको सबै टिकट बिक्री भइसकेको पनि आयोजकले जानकारी दिएको छ ।  कार्यक्रममा विविध खानाका परिकारहरु समेत हुनेछन् । त्यस्तै तीजका गीतमा नृत्य प्रतियोगिता, लक्की ड्र  लगायतका कार्यक्रम पनि समावेश छन् ।तीजको आगमन सँगै समुदायका विभिन्न संघ संस्था र चिने जानेका  नेपालीहरू विच आपसमा  दर खुवाउन निम्ता साटासाटको  कार्यक्रम पनि अघि बढेको छ ।

नारी निकुन्जका विगतका केही सम्झनाहरू ! :

248573_283115498461329_1400646003_n 557467_315563961883149_884851401_n 1240422_410478755725002_1860234550_n
10426339_637460719693470_1084859756255628784_n 11046481_637460103026865_8839543541979709624_n

सम्बन्धित शिर्षकहरु