भदौ ३। झापा, झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम् सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशलगायतका मधेसी कार्यकर्ता रिहा गरेका छन् ।
समितिका अध्यक्षसहित १० जनालाई प्रहरीले बुधबार बिहान विर्तामोडबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बुधबार राति ९ बजे संवाद समूह झापाको रोहवरमा रिहा गरिएको विर्तामोड इप्रकाका प्रहरीनायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।








