सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार

trafficingतिलोत्तमा, अभिभावकलाई जानकारी नदिई सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ ।

मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था केआइ नेपालले भारतको पुने जान लागेको बताउने उनीहरुलाई परामर्शपछि घरपरिवारको जिम्मा लगाएको जनाएको छ ।

हेटौँडाकी १७ वर्षीया मीरा मगर, धादिङ खाल्टेकी २० वर्षीया विपना मगर र काभ्रे बनखकी २० वर्षीय रीता तामाङलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको केआइ नेपाल रुपन्देहीकी प्रमुख तारा सापकोटाले बताए । उनीहरुलाई आइतबार सीमा क्षेत्रबाट उद्धार गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु