काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाँच राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएङ्का हुन् ।
एमालेलाई सूर्य चिन्ह र क्रम १, कांग्रेसलाई रुख चिन्ह क्रम २, माओवादीलाई गोलाकार भित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गर्ने आयोगले निर्णय गरेको छ ।
आयोगका अनुसार प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गर्ने निर्णय गरेको छ ।








