भदौ १ । काठमाडौँ, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानका बाँकी रहेका प्राय सबै विषय टुंग्याइएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै सभापति भट्टराईले नागरिकताको सवालमा पनि पहिला भन्दा धेरै सुधार भएको दावी गरेको छन् । उनले क्षमा माग्दै ट्वीट लेखेका छन् ‘संविधानका बाँकी रहेका प्राय सबै विषय टुंग्याइएकोछ । नागरिकतामा पहिले भन्दा केही सुधार भएको छ तर खोजेजस्तो हुनसकेन । सरी ! अब सीमांकनका कुरा छन् ।’ उनले अव सिमांकनको विषय ट्ग्याउँनु पर्ने पनि बताएका छन् ।
हेरौँ ट्वीट
संविधानका वाँकी रहेका प्राय सबै विषय टुंग्याइएकोछ! नागरिकतामा पहिले भन्दा केही सुधार भएकोछ तर खोजेजस्तो हुनसकेन!Sorry!अब सीमांकनका कुरा छन्!
— Baburam Bhattarai (@brb_laaldhwoj) August 18, 2015








