काठमाडौँ, बङ्गलादेशले अफगानिस्तानलाई पराजित गर्दै १६ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशको सिलेटमा भर्खरै सम्पन्न सेमिफाइनल खेलमा आयोजक बङ्गलादेशले अफगानिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । बङ्गलादेश समूह चरणको खेलमा भारतलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बङ्गलादेश समूह ‘ए’ को विजेता पनि हो ।
त्यस्तै, समूह चरणको अन्तिम खेलमा अफगानिस्तान नेपालसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अब फाइनल खेलमा बङ्गलादेश अहिले हुने दोस्रो सेमिफाइनल खेलको विजेता टोलीसँग भिड्नेछ । अहिले साँझ ६ः४५ बजे नेपाल र भारत आमनेसामने हुँदैछन् ।








