सङ्घीय समाजवादी फोरमका महासचिव श्रेष्ठ सहित ६१ पक्राउ (अपडेट)

banda1साउन ३१ । काठमाडौँ, बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए । त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिए। बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् । त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।

‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको उनले बताए ।

संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेस र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित शिर्षकहरु