बन्दले जनजीवन प्रभावित

IMG_1419साउन  ३१ ।  काठमाडौँ, मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । उपत्यकाका प्रमुख चोकहरुमा बन्दकर्ताको उपस्थिति सून्य प्रायः भएपनि बस तथा सवारी साधनहरु चलेका छैनन् । सवारी साधन नहुँदा सर्वसाधारणहरु, परीक्षा दिने विद्यार्थीहरु तथा काम गरेर  खाने मजदुरहरु हिँडेरै गन्तव्यमा पुगेका छन् । चोकहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको भएपनि यातायातका साधनहरु चल्न सकेको छैनन् ।

केही नीजि सवारी साधनहरु भने सडकमा गुडिरहेका छन् । काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन् ।

बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् ।

सम्बन्धित शिर्षकहरु