बर्दिया अनिश्चिकालिन बन्द

२६ साउन । काठमाडौँ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी नेपाललगायत विभिन्न थारु समुदायका सात वटा संगठनले आजदेखि आह्वान गरेको बन्दले बिहानैदेखि बर्दियाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन शिक्षण संघ–संस्था सबै ठप्प रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग र नेपालगन्ज गुलरिया, राजापुर सडकमा फाटफुट सवारी साधन मात्र चलेका छन् । कञ्चनपुरदेखि चितवन सम्मको थरुहट भूमी स्वायत्त प्रदेश, पर्सादेखि धनुषासम्म सिम्रौनगढ र सिराहादेखि झापासम्म पूर्वी थरुहट कोचिला प्रदेशको माग गर्दै अनिश्चिकालिन बन्दको आह्वान गरिएको हो ।

यसैगरी प्रदेश सिमाकंनको विरोधमा सुर्खेतमा आज पनि आन्दोलन सुरु भएको छ । सुर्खेतमा भएको आन्दोलनमा प्रहरीको गोलि चलाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ ।

आन्दोलन हिंसात्मक बनेपछि गोलि चलाउनुपरेको प्रशासनको भनाई छ ।

सम्बन्धित शिर्षकहरु