मोडलिङमा जम्ने शेखरको यस्तो सौख

साउन २६ । काठमाडौँ, नेपाली मोडलिङ क्षेत्रमा नयाँ नयाँ कलाकारहरूको प्रवेश हुने क्रम जारी छ । त्यसो त यो क्षेत्र निकै बिस्तृत पनि बनिरहेको छ । जति नव कलाकारहरू भित्रिइरहेका छन् त्यो भन्दा बढी यस क्षेत्रबाट बाहिरिइ पनि रहेका छन् । तथापी यसलाई ‘रहर’ बनाउनेहरूको संख्या भने घट्न सकेको छैन । यस्तैमा जोरपाटीका शेखर सुवेदी पनि अग्रपंक्तिमै देखा परेका छन् । भारतको बैंगलोरमा संगितको प्रशिक्षण लिएर आएका उनी गीत संगितमा जम्नुपर्ने हो । तर, उनी संगित भन्दा ज्यादा मोडलिङमा सम्भावना देखेका छन् । र, करिअर बनाउने लक्ष्यमा अविचलित छन् ।

किन उनी मोडलिङमै लागे त ? यसमा उनी भन्छन्, ‘नेपालको मोडलिङ क्षेत्रले व्यवसायिक रूप लिइसकेको रहेनछ, यसको व्यवसायिक विकासका लागि लागेको हुँ ।’ बैंगलोरमा संगितको प्रशिक्षण लिने सँगैका साथीहरू अहिले संगितमै संघर्ष गरिरहेका छन् । उनी भने मोडलिङको एकोहोरो रटान लगाएर कलाकारीताको क्षेत्रमा हाम फालेका छन् ।

पाँच फिट आठ इन्च उचाईका गहुँगोरो उनी यतिवेला मोडलिङ क्षेत्रमा संघर्षरत छन् । यसमै लागेर दाम कमाउँछु भन्दा पनि यसको व्यवसायिक विकासका लागि जोड दिन्छु भन्ने हो, उनले आफू लाग्नुको कारण पनि खुलस्त पारे ।

सम्बन्धित शिर्षकहरु