राष्ट्रपतिद्वारा नातिकाजी पुरस्कारबाट सङ्गीत स्रष्टा सम्मानित
काठमाडौँ, नेपाली गीत–सङ्गीतको क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई राष्ट्रपति डा रामवरण यादवले ‘नातिकाजी पुरस्कार तथा सम्मान— २०७२’ बाट सम्मानित गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति डा यादवले ‘नातिकाजी विशिष्ट स्रष्टा सम्मान’बाट शास्त्रीय सङ्गीत साधक पण्डित भवनाथ शर्मालाई नगद र २० हजारसहित सम्मान गरे ।
त्यस्तै, ‘नातिकाजी विशेष सम्मान’बाट शान्ति ठटाल, माधव खनाल ‘भावुक’, कमला श्रेष्ठ, दिनेश अधिकारी, गणेश रसिक र विश्वम्भर प्याकुरेल सम्मानित भए।
त्यसैगरी, ‘नातिकाजी सङ्गीत पुरस्कार’बाट धनेन्द्र विमल, तारा थापा, भूपेन्द्र रायमाझी तथा ‘नातिकाजी युवा सङ्गीत प्रतिभा पुरस्कार’बाट नवराज लम्साल, जुना प्रसाईं, सरिता मिश्र जनही रु ११ हजार एक सय एघारसहित सम्मानित भए भने गम्बु शेर्पा र मनोहर सुनामलाई प्रशंसापत्रद्वारा सम्मान गरियो ।
नातिकाजी स्मृति समाजद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति डा यादवले स्व नातिकाजीद्वारा सङ्गीतबद्ध तथा स्व फत्तेमान राजभण्डारीद्वारा स्वरवद्ध भजनको सिडीको विमोचन पनि गरे ।








