साउन २४। काठमाडौँ, संविधानसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो पाँच बजेका लागि डाकिएका बैठक साँझ सात बजेसम्मका लागि स्थगित भएको हो । यसअघि दिउँसो एक बजेका लागि संविधानसभाको बैठक बोलाइएको थियो ।
संम्वाद समितिको बैठक लम्विएकाले संविधानसभाको बैठक सार्नु परेको संसद् सचिवालयका सहायक प्रवक्ता सुर्दशन कुईंकेलले जानकारी दिए । शनिबार राती दलहरूबीच भएको सहमतिको प्रतिवेदन तयार पार्न समय लागेकाले बैठक सरेको बुझिएको छ ।








