मन मिलेपछी सेक्स हुन्छः मोडल सुजना

नेपाली रङ्गिन दुनियामा दिन प्रति दिन नयाँ नयाँ अनुहार को आगमन भैरहेको छ । फिल्म क्षेत्रमा भबिष्य खोज्दै प्रबेश गर्ने र लामो समय देखि नै सँर्घष गर्ने हरु को सँख्या पनि थुप्रै छ ।

झापा स्थायी घर भएर बिगत चार बर्ष देखि निरन्तर सँर्घष गरिरहेकी १९ वर्षीया नव नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । उनले आकँक्षा बस्यालको स्वरमा रहेको तिमीले त जे गरे पनि बोल को म्युजिक भिडीयो पहिलो पटक अभिनय गरिन् त्यस यता ३६ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । अभिनय गरेका कुनै पनि चलचित्र हरु प्रदर्शनमा नआउँदा दर्शकहरुले उनको अभिनय हेर्न पाएका छैनन् । हालै उनी रिमेश अधिकारी को लगानी तथा शिबम् अधिकारी को निर्देशन मा रहने ऐतिहासिक चलचित्र नालापानिको लागी मुख्य नायिकाको रुपमा अनुबन्धीत भैसकेकी छिन् । माया प्रेममा उदार उनी मन मिले सेक्स सामान्य भएको बताउँछिन् ।

सम्बन्धित शिर्षकहरु