साउन १९ । काठमाडौँ, नेपाली बजारमा सुनको भाउ फेरि घटेको छ । मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ। तोलाको ४७ हजार पाँचसय रुपैयाँका दरले मंगलबार सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएका छन् ।
नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो । मंगलबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ। चाँदी मंगलबार तोलाको ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ। विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परिरहेको छ। सुन खरिद गर्न ग्राहको चाप बढे पनि बजारमा भने सुनको अभाव देखाइएको छ।








