जब मेस्सी र नियमारबारे यी खेलाडीले यसो भने

एजेन्सी । पुर्व बार्सिलोना स्टार तथा हाल पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका ड्यानी एल्भ्सले नियमार र लियोनल मेस्सीबारे बोलेका छन् । उनले नियमार लियोनल मेस्सीको छाँयाबाट बाहिर आउनुपर्ने बताएका छन् । सन् २०१६ अगाडि नियमार, ड्यानी एल्भ्स र लियोनल मेस्सी एउटै क्लबबाट खेल्ने गर्थे । पिएसजीले नियमारलाई किन्ने प्रस्ताव गरेपछि २२२ मिलियन युरोमा नियमार पिएसजी गए । त्यस्तै ड्यानी एल्भ्सले पनि पिएसजी जाने मनस्थिति बनाइसकेका थिए ।

उनले भनेका छन्, ‘लियोनल मेस्सी एक प्रख्यात खेलाडी भइसकेका छन् । तर, नियमार अब त्यो छाँयाबाट बाहिर आउनुपर्छ र आफुलाई परिष्कृत बनाउनुपर्छ ।’ यस सिजन पिएसजीले फ्रेन्च लिगमा सानदार खेल प्रदर्शन गरिरहेको छ । आफुले नियमारलाई सम्झाउने गरेको र सधै खुसी रहनसमेत बताएको ड्यानी एल्भ्सले बताएका छन् । ब्राजिलियन खेलाडीहरुको पहिचान विश्वभर अलग भएका कारण पनि आफ्नो प्रगति प्रति सजग रहनुपर्ने उनले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु