‘गीता र श्याम, जमिन हल्लिएको दिन’

काठमाडौँ, प्राकृतिक विपद्बाट बच्न सकिने उपायबारे लेखिएको ‘गीता र श्याम, जमिन हल्लिएको दिन’ बाल पुस्तक आइतबार सार्वजनिक गरिएको छ ।

विभिन्न विदेशी लेखकद्वारा लेखिएको सो पुस्तकलाई डा किशोर श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन् । पुस्तकमा बालबालिकालाई मनपर्ने कार्टुन, कथा छन् । कथाकै माध्यमबाट भूकम्प आएको बेला कसरी सुरक्षित रहने भन्ने सिकाइन्छ ।

पुस्तकको अन्तिम पानामा अभिभावक र शिक्षकका लागि विपद्का बेला के गर्ने, नगर्ने भन्ने विषयमा निर्देशिका समेत राखिएको छ ।

ग्लोबल एक्सन नेपालद्वारा प्रकाशित सो पुस्तकको वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्दै बालबालिकालाई भूकम्पलगायतका प्राकृतिक विपद्को बारेमा धेरैभन्दा धेरै जानकारी गराउन र त्यसबाट सुरक्षित रहन मद्दत गर्ने आशा व्यक्त गरे ।

सोही कार्यक्रममा रसुवा, सोलुखुम्बु, गोरखा, मकवानपुर र दोलखामा परिचालन गरिने ३० स्वयम्सेवकको समेत सपथग्रहण गराइएको थियो ।

संस्थाका निर्देशक बिके श्रेष्ठले परिचालन गर्ने स्वयम्सेवकले सम्बन्धित जिल्लाका करिब एक हजार २०० युवा र करिब पाँच हजार अभिभावक र शिक्षकलाई प्राकृतिक बिपद् व्यवस्थापन र उद्दारसम्बन्धी प्रशिक्षण दिने जानकारी दिए ।

स्वयम्सेवकले करिब छ महिना आफूलाई खटाइएको जिल्लाका विभिन्न गाउँमा बसेर त्यहाँको स्थलगत निरीक्षण र विपद् व्यवस्थापनको तालिम दिनेछन् ।

सम्बन्धित शिर्षकहरु