अष्ट्रेलिया, एनआरएनका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियामा एन ‘एनआरएनए अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको छ । शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजित एनआरएनए अष्ट्रेलियाको छैठौँ राष्ट्रिय सम्मेलनको अवसरमा सो अवार्ड प्रदान गरिएको हो । अवार्ड एनआरएनमा रहेर स्वदेश एवम् प्रवासका नेपालीहरूको हित र विकासका लागि विशेष योगदान पुर्याउनेहरूले प्रदान गर्ने गरिन्छ । त्यस्तो अवार्ड हरेक दुई–दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।
त्यस्तै अन्य विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न महानुभावहरूलाई पनि विभिन्न अवार्डहरूद्वारा सम्मानित गरिएको थियो । अवार्ड प्राप्त गर्दै अध्यक्ष घलेले नेपालमा गएको विनासकारी भूकम्पको राहत उद्धार कार्यमा योगदान पुर्याए वापत सम्मानित भएको भन्दै अवार्डबाट आफूलाई सामाजिक सेवामा सक्रिय हुने अझै हौसला र प्रेरण मिलेको बताए ।
त्यस्तै कार्यक्रममा विभिन्न विधामा पिएचडी गर्नेहरूलाई यस वर्ष पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा डा अरूण ढकाल, डा. रूद्र पुन, डा. बन्दिना मैनाली, डा. रोहिणीप्रसाद देवकोटा र डा. रमेश खनाल छन् ।
कसकसले पाए अवार्ड?
फ्रेण्ड्स अफ नेपालः स्टेवार्ट जोन्स (क्वीन्सल्याण्ड)
विजनेस ईन्टरप्रेनर्स अफ इयरः धर्मराज अधिकारी
मिडिया पर्सनालिटी अफ द इयर निरू त्रिपाठी (भिक्टोरिया), (नेपाली टाईम्स मेलबर्न )
स्टुडेन्ट अफ द इयरः युमी भट्टराई (न्यू साउथवेल्स)
स्टुडेन्ट अफ द इयर युनिभसिर्टीः अभिशेक डंगोल (भिक्टोरिया)
स्पोर्टस पर्सनालिटी अफ द इयरः नन्द गुरूङ (न्यू साउथवेल्स)
स्पोर्टस पर्सनालिटी अफ द इयर अन्डर १८ः नोदन थापा (क्वीन्सल्याण्ड) कल्चरल एम्बासडर अफ द इयरः भीमसेन गुरूङ (न्यू साउथवेल्स)
स्टेट पर्सनालिटी अफ द इयरःनीतेशराज पन्त (नर्दन टेरोटरी),
कम्युनिटी सभिर्स पर्सनालिटी अफ द इयरः देबबहादुर गुरूङ (न्यू साउथवेल्स),
कम्युनिटी सभिर्स पर्सनालिटी अफ द ईयर राज्यतर्फः जोग लिम्बु (भिक्टोरिया), विपिन कार्की (क्वीन्सल्याण्ड), समिम अनवर (न्यू साउथवेल्स) राजुप्रसाद उपाध्याय (साउथ अष्ट्रेलिया), विष्णु देवकोटा (वेष्ट अष्ट्रेलिया), नेश अधिकारी (नर्दन टेरोटरी), सुदिपकुमार क्षेत्री (अष्ट्रेलियन क्यापिटल टेरोटरी), प्रदिप ढुंगाना (तास्मानिया)
एनआरएन प्रिमियर एवार्डः महेन्द्र ओलीलाई
एक्सिलेन्स कन्ट्रिव्यूसन टु एनआरएनएः समिर प्रधान








