सिड्नी, आपसी एकता र सहयोगबाट नेपालको पुनर्निर्माणमा जुटौँ भन्ने मूल ध्येयका साथ सिड्नीमा गैर आवसीय संघ (एनआरएनए) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
एनआरएनएका शीर्षनेताहरूले लगानी र पुनर्निर्माण लागि हरेक एनआरएनएले आफ्नो स्थानबाट सकेको सहयोग गर्न विशेष अनुरोध समेत गरेका थिए । पुरानो कार्य समितिले आफ्नो दुई वर्षिय काल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई सो अवसरमा स्वागत गरिएको थियो ।
नव निर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई शपथ गरिएकोपनि थियो । यसरी कार्यक्रमको पछिल्लो पक्ष अन्तर्गत विभिन्न विधामा योगदान पुर्याउने अगुवा तथा प्रतिभाशाली व्यक्तिहरूलाई यस समारोहकोबीच सम्मान पनि गरियो । एनआरएन अष्ट्रेलियाले भूकम्प पीडितहरूको लागि मात्रै करिब १० करोड रकम संकलन गरेर एक नम्बरमा पर्न सफल भएको छ ।
कार्यक्रममा एनआरएन आईसीसीको अध्यक्ष शेष घले, प्रवक्ता मन केसी, विभिन्न स्टेटका अवैतनिक महावाणिज्यदूतहरू, न्यू साउथवेल्सका दीपक खड्का, भिक्टोरीयाका चन्द्र योन्जन लगायतले एनआरएनको संस्थागत अभिवृद्धि तथा नेपालको विकासका बारेमा विभिन्न धाराणा राखेका थिए । यस अघि एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष चुरामणी बेलबासेले आर्थिक प्रतिवेदन पेश गर्दै यो वर्ष ठूलो परिमाणमा परोपकारी सहयोग संकलन भएको बताएका थिए । यस्तै विभिन्न स्टेटका संयोजकहरूले आ–आफ्नो कार्यविवरण प्रस्तुत गर्दै समस्या र चुनौतीको बारेमा आ–आफ्नो धारणा समेत राखेका थिए ।

यस अघि कार्यक्रमको अतिथिको रूपमा नेपाली काग्रेसका नेता डा.शेखर कोइराला यस्तै अष्ट्रेलियन राजनैतिक दलका तर्फबाट मिचेल रोल्यान्ड स्याडो मिनिस्टर मल्टिकल्चर एण्ड सिटिजनसीप लगायत समुदायकातर्फबाट विभिन्न व्यक्ति संघसंस्थाका विभिन्न व्यक्तिहरूले एनआरएनएको चुनौती र अवसरको बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । अबेरसम्म चलेको सो कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरूको समेत प्रस्तुती रहेको थियो । हिमालयन कंगारूको सहयोगमा







