राससमा प्रथम महिला महाप्रबन्धक

/fli6«o ;dfrf/ ;ldltsf gjlgo'Qm dxfk|aGws lgd{nf cfrfo{ . tl:a/M /f;;

साउन १४ । काठमाडौँ, सरकारले राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धकमा नायब महाप्रबन्धक निर्मला आचार्यलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उनलाई रासस महाप्रबन्धकमा नियुक्त गरेको हो । मुलुकको एक मात्र समाचार समितिको ५४ वर्षको यात्रामा श्रीमती आचार्य पहिलो पटक महिला महाप्रबन्धक भएकी हुन् ।

त्रिविबाट इतिहासमा स्नातकोत्तर उपाधि हासिल गरेकी आचार्यले राससमा समाचारदाताका रुपमा २०५० सालमा प्रवेश गरेकी हुन् । उनले छ वर्ष प्रमुख समाचारदाताका रुपमा समाचार सङ्कलन महाशाखाको नेतृत्व गरिसकेकी छिन् । उनले २०४६ सालमा ‘विमर्श साप्ताहिक’बाट पत्रकारिता थालेकी थिइन्।

नेसनल युनियन अफ जर्नालिस्टको महिला विभाग अध्यक्ष, थर्ड वल्र्ड मिडिया नेटवर्क नेपाल शाखाका महासचिव, पत्रकार महिला समूहका सदस्य, नेपाल पत्रकार महासङ्घका सभासद्, एसियाली पत्रकार सङ्घ नेपालका सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य तथा नेपाल प्रेस युनियन रासस शाखा सदस्यका रुपमा उनले काम गरिसकेकी छिन् ।

संसदीय पत्रकार समाजबाट कलम सम्मान, हेजान स्वास्थ्य पत्रकारिता पुरस्कार, उत्कृष्ट महिला पुरस्कार र रासस पत्रकारिता पुरस्कारबाट सम्मानित नवनियुक्त महाप्रबन्धक आचार्यले समाचार सङ्कलन तथा कार्यशालामा सहभागी हुने सिलसिलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान, थाइल्यान्ड र स्विटजरल्यान्डको भ्रमण गरेकी छिन् ।

सम्बन्धित शिर्षकहरु