नेपाल हिन्दू राष्ट्र भएरै छाड्छः मन्त्री निधि

Bimalendra-Nidhiसाउन ११ । भक्तपुर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्यता रहेको नेपालमा हिन्दू राज्य स्थापना भएरै छाड्ने दावी गरेका छन् ।

भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि आयोजना गरिएको  श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भने,  ‘तपाईंहरू धैर्य गर्नहोस् हिन्दू धर्मको विजय हुनेछ ।’
हिमाल, पहाड, तराई, मधेस सवै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उनले भने,  ‘म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ ।’

त्यस अवसरमा सभासद् रामेश्वर ढुङगेलले भक्तपुरको विकासमा सरकारले सहयोग गर्नुपर्ने औँल्याउँदै भक्तपुरलाई धामिर्क पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका उपाध्यक्ष किरण थापाले भूकम्पले भत्काएको मूल मन्दिर बनाउन रु पाँच करोड लाग्ने अनुमान गरिएको जानकारी दिँदै आर्थिक सङकलनको मुख्य उद्देश्यले साउन महिनाभर महायज्ञ लगाउन लागिएको हो भने । साउन १ देखि १० गतेसम्म लगाएको देवी भागवत् महापुराणमा करिब रु ११ लाख सङकलन भएको र साउन ३१ गतेसम्म नै महायज्ञ लगाउने जानकारी उनले दिए । कार्यक्रम भक्तपुर औद्योगिक क्षेत्रकी प्रमुख सिर्जना श्रेष्ठले एक लाख ११ हजार १११ सहयोग गरेका थिए ।

सम्बन्धित शिर्षकहरु