सिड्नी मेट्रो कलेज नेपाली समुदायका लागि सहयोगि बन्ने

अष्ट्रेलिया, अष्ट्रेलियामा नेपाली समूदायले सञ्चालन गरेको सिड्नी मेट्रो कलेजका सन्दर्भमा एक  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सिड्नीमा आइतबार आयोजित कार्यक्रममा सञ्चालकहरूले कलेजको बारेमा जानकारी गराएका थिए ।  व्यवसायिक दुनियाँमा सफल देखिएको पाँच नेपालीले सिड्नी मेट्रो कलेजको स्थापना गरेका हुन् । यसअघि पनि नेपाली समूदायहरूले कलेज क्षेत्रमा हात हालेको  थिए । तर, आफुहरूले  यसलाई थप  प्रभावकारी ढंगबाट कलेजलाई अगाडि बढाउने लक्ष्य लिएको संचालकहरूले दोहोर्याएका थिए । कलेज आप्रवासीमुखी तथा सीप भन्दा माथि उठेर सञ्चालन गर्ने लक्ष्य लिएको संचालक मध्येका एक शिव श्रेष्ठले असनेपालन्युजलाई जानकारी दिए । १६ वेन्टवर्थ एभिन्यु, सरी हिलस् न्यु साउथ वेल्समा रहेको ‘सिड्नी मेट्रो कलेज’को हालै  औपचारिक शुभारम्भ  गरिएको थियो ।11703052_10205329213450089_7828167061878586058_n

त्यस्तै उनले कलेज सञ्चालन बापत आर्जन हुने केही   मुनाफा पनि नेपालको विकासका लागि प्रयोग गर्ने उद्देश्य रहेको प्रष्ट पारे । कलेज आगामी १० अगष्टबाट सञ्चालनमा आउने छ भने कलेजले तीन सय ३० जना विद्यार्थी सीट संख्याको इजाजत प्राप्त गरेको छ । सुरूवाती चरणमा भने कलेजसँग एक सय ६० विद्यार्थी हुनेछन् । त्यस्तै कलेजले सर्टिफिकेट आइभी इन विजनेस, डिप्लोमा अफ बिजनेस र एडभान्स डिप्लोमा अफ बिजनेशमा कक्षा सञ्चालन गर्नेछ ।

college3

सञ्चार क्षेत्रमा कार्यरत विभिन्न  व्यक्तिहरूको  उपस्थिति रहेको सो कार्यक्रममा कलेज नाफामुखी भन्दा पनि व्यवसायमुखी ढंगबाट सञ्चालन गर्ने बताइयो । उनीहरूका अनुसार कलेजले वर्षमा   चार इन्टेक भर्ना लिनेछ । त्यस्तै प्रति टर्म १५ सय ७५ डलर शुल्क लाग्ने छ ।कलेजमा डोमेष्टिक र इन्टरनेशनल दुवै प्रकारका  विद्यार्थी भर्ना लिने पनि उनीहरूले जानकारी दिए ।

को कसको कस्तो जिम्वेवारी: 

कलेजको बोर्ड अफ डाइरेक्टरर्सको अध्यक्षमा डा. कृष्णकुमार श्रेष्ठ रहेका भने डा. हेमन्त ओझा शैक्षिक र अनुसन्धान विभाग प्रमुख हुन् । डा. श्रेष्ठ र डा. ओझा प्राज्ञिक तथा अनुसन्धान क्षेत्रमा लामो अनुभव भएका ब्यक्तिहरु हुन् । राम श्रेष्ठ कलेजका प्रिन्सिपलको भुमिकामा छन् भने कलेजको मार्केटिङ विभाग शान्त कुमार श्रेष्ठले सम्हालेका छन् ।
वित्तिय, पूर्वाधार र समुदायसँगको सम्बन्ध विस्तारको भुमिका शिव कुमार श्रेष्ठले निभाउँदैछन् । विद्यार्थीका लागि अनुसन्धान मुलक गोष्ठी, पुस्तकालय, कम्पुटर ल्याब, अंग्रेजी भाषा सहयोग कक्षा, अतिरिक्त क्रियाकलापहरु, जब् सर्च र रेजुमी राइटिङ, छात्रबृती,  र परामर्श सेवाहरु कलेजले उपलब्ध गराउने छ ।

कलेज गत हप्ता नेपालबाट गएका अभिभावकहरूले उदघाटन गरेका थिए। कलेज सिड्नीको केन्द्रमै पर्ने म्युजियम स्टेशन  नजिक रहेकोले विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको संचालक हरूले सो अवसरमा जानकारी दिए । विभिन्न विश्व विध्यालयमा अनुभव हासिल गरी सकेका ब्यक्तिहरू संचालक रहेको सो कलेज परिमाण भन्दा परीणाम मुखि बनाउने भन्दै एक प्र्श्नको जवाफमा ‘संचालक हरूले भने ‘हामी भिसा र पि आर को कारखाना हुन कलेजलाई दिने छैनौं “।

डा कृष्ण कुमार श्रेष्ठ ,राम कुमार श्रेष्ठ ,डा हेमन्त राम ओझा ,शान्त कुमार श्रेष्ठ र शिव श्रेष्ठ लगायतको  लगानी र योगदान रहेको सो कलेजमा उहांहरूले  कलेजका औचित्य , अभियान र यसले नेपाली समुदायमा पुर्याउने सहयोगको वारेमा प्रकाश पार्दै कलेज एक उदाहरणिय बनाउने प्रतिवद्दता ब्यक्त  गर्नु भएको छ ।

कलेजको शुल्क र विषय यस्तो रहेको बताईयो :

Timetable: Morning | Afternoon | Evening | Weekends
Intake Dates: July | September | November
Enrolment Fee: Au$250.00(Waived) | Material fee: Au$305.00

COURSES DURATION FEES
BSB40212 CERTIFICATE IV IN BUSINESS 6 Months Au$1575 * 2
BSB50207 DIPLOMA OF BUSINESS 1 Year Au$1575 * 4
BSB60207 ADVANCE DIPLOMA OF BUSINESS 6 Months Au$1575 * 2

बिस्तृत जानकारी यहाँ हेर्नुहोस्ः

सम्बन्धित शिर्षकहरु