द्वन्द्वपीडितलाई न्याय हुन्छः श्रीलङ्काली प्रधानमन्त्री

कोलम्बो, श्रीलङ्काली सत्तारुढ दलले यहाँको गृहयुद्धका कारण द्वन्द्वमा परेका नागरिकलाई न्याय प्रदान गरिने जानकारी दिएको छ ।

सो दलले यही अगष्ट महिनामा हुन लागेको आमनिर्वाचनका लागि बिहीबार सार्वजनिक गरेको घोषणा पत्रमा सो कुरा सार्वजनिक गरेको हो ।

श्रीलङ्कामा सन् २००९ मा अन्त्य भएको युद्धका क्रममा कयौँ व्यक्ति पीडित भएका छन् । उनीहरूलाई न्याय प्रदान गर्न सर्वत्र आवाज उठ्दै आएको छ ।

श्रीलङ्काको सत्तारुढ दल युनाइटेड नेशनल पार्टी युएनपीले युद्धका अपराधीलाई कारबाही गरी पीडितलाई न्याय प्रदान गरिने प्रतिबद्धता सो घोषणा पत्रमा व्यक्त गरेको छ ।

सो घोषणा पत्र सार्वजनिक गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले गएको जनवरी महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा मैत्रीपाला सिरिसेनालाई विजय गराएको र सो विजयलाई प्रवद्र्धन गर्नका लागि आगामी निर्वाचनमा आफ्नो पार्टीलाई सघाउन पनि आग्रह गरे ।

उनले श्रीलङ्कामा जातीय राजनीतिमा देशलाई विभाजनबाट रोक्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आग्रह गरे ।

साथै देशबाट भ्रष्टाचारको अन्त्यका लागि पनि आफ्नो पार्टीलाई संसदीय निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

घोषणा पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले भने– रोजाई मतदाताकै हो आफ्नो दललाई मत दिने कि भ्रष्टाचारका कारण सत्ताबाट बाहिरिएका राजपाक्छेलाई ।

श्रीलङ्कामा करिब तीन दशकदेखि जारी रहेको गृहयुद्धको अन्त्य सन् २००९ मा भएको हो । सन् २००९ मा तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्छेले सैनिक कारबाहीबाट सो युद्धको अन्त्य गराएका थिए ।

त्यस क्रममा श्रीलङ्कामा युद्धअपराध भएको बताइएको थियो । साथै पृथकतावादी तमिलहरू पनि सो समयमा निकै मारिएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले उक्त अपराधको अध्ययन गर्ने प्रस्ताव गरेकोमा पूर्व राष्ट्रपति राजपाक्छेले अनुमति दिनुभएको थिएन ।

बिहीबार राजधानी कोलम्बोमा सार्वजनिक गरिएको सो चुनावी घोषणा पत्रमा विक्रमासिंघेले आफ्नो दलए ।

सम्बन्धित शिर्षकहरु