सिन्धुपाल्चोकमा घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी

5c1add36c4a04cc0bb944c621f2272eeसाउन ७ । मेलम्ची, आर्थिक वर्ष २०७१÷७२ मा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकामध्ये घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी रहेका छन् ।

प्रहरी कार्यालयमा आएका २३२ उजुरीमध्ये १२० घरेलु तथा लैङ्गिक हिंसाका घटना मुद्दा दर्ता भएका थिए ।

दर्ता भएका नौवटा घटना अदालतमा विचाराधीनमा रहेका छन् भने २६ वटा घटनाको अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

त्यसैगरी ८५ वटा घटनाको मुद्दा फछ्र्योट भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए । अन्य १२४ घटना अनुसन्धानको प्रक्रियामा रहेका छन् ।

प्रहरीले वर्षभरिमा १३० जनालाई पक्राउ गरिसकेको जानकारी अधिकारीले दिए । घरेलु हिंसापछि सार्वजनिक अपराधका ३१, ज्यान मार्ने उद्योग १८, जबर्जस्तीकरणी १७ वटा दर्ता भएका थिए भने वर्षभरिमा कर्तव्यज्यानको १० वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु