राष्ट्रपतिद्वारा इदको अवसरमा शुभकामना सन्देश

rambaran-yadavसाउन ३ । काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले मुस्लिम धर्मावलम्बीको महान् चाड इद ऊल फित्रको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

राष्ट्रपति डा यादवले  शुभकामना सन्देशमा धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता विशेष पर्वले विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने बताएका छन् ।

ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण एवम् सम्बद्र्धन गर्न यस्ता चाडपर्वले योगदान पु¥याउने बताउँदै राष्ट्रपति डा यादवले भनेका छन्– ‘‘यसले हामीलाई विविधताबीच एकताको भावना र प्रेरणा दुवै दिएको छ ।’’

रमदानको अवसरमा लामो उपवास बसेर आत्म शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले आपसी सद्भाव अभिवृद्धि गर्न अझ बढी योगदान पु¥याउने उल्लेख गर्दै उनले यस पर्वले सबैमा मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु