मेलवर्नमा भाले भिडन्त !

मेलवर्न, अष्ट्रेलियाको मेलवर्न सिटीमा भाले भीडन्त हुने भएको छ ।

त्यहाँ साँच्चै एक आपसमा भालेहरू जुधाउन नै लागेको भने होइन । त्यहाँ त चलचित्र ‘भाले फाइटको’ विशेष प्रदर्शनी गर्न लागिएको हो । विशेष प्रदर्शनी आगामी ९ अगस्टका दिन  मेलवर्नमा हुने छ  ।

मुना फिल्मको प्रस्तुती रहेको उक्त कथानक चलचित्रलाई अशोक राईले निर्देशन गरेका हुन् । मानबहादुर राई र भोजबहादुर गुरूङको एक्जुकेटिभ प्रोड्युसर रहेको चलचित्रको प्रोड्युसर शर्मिला राई र बिसा राई रहेका छन् । त्यस्तै चलचित्रमा रोशन श्रेष्ठको निर्देशन, गणेश श्रेष्ठको छायांकन र कमर राईको नृत्य रहेको छ । फिल्म स्थानीय समयानुसार साँझ ६ः३० बजे प्रदर्शनी गरिने पनि आयोजकले दिएको छ ।

विस्तृत जानकारी यहाँ हेर्नुहोस्ः

सम्बन्धित शिर्षकहरु