विनासकारी जुरे घटना अब आवाजमा

काठमाडौँ, विनासकारी जुरे घटनाको कारूणिक वेदनालाई समेटेर गायक कृष्णगोपाल तामाङले ‘अचानो भो सुनकोसी’ गीति एल्वम तयार पारेका छन् । तामाङकै आवाजमा तयार भएको एल्वममा सिन्धुपाल्चोकको मांखा–१ र राम्चे– ५ स्थित जुरेमा पहिरो गएर भएको मानवीय क्षतिका व्यथाहरू समेटिएको छ ।

उक्त गीति एल्वम सिन्धु साउण्ड सपोर्टस्ले बजारमा ल्याएको हो ।

गएको साउन १७ गते गएको जुरे पहिरोका कारण झण्डै दुई सय जनाले ज्यान गुमाएका थिए । भने सयौँ घर परिवार विस्थापित भएका थिए ।

सम्बन्धित शिर्षकहरु