कांग्रेस महाधिवेशन सर्यो

Nepali congressअसार २५  । काठमाडौं । नेपाली कांग्रेसले यस अघि निर्धारण गरेको तेह्रौ महाधिवेशनको कार्यातालिका परिवर्तन गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले पुरानो कार्यतालिका परिवर्तन गर्दै नयाँ कार्यतालिका बनाएको हो ।

नयाँ कार्यतालिका अनुसार अब कांग्रेसको तेह्रौ महाधिवेशन आउँदो असोज २,३,४ र ५ गते काठमाडौंमा सम्पन्न गर्ने जनाइएको छ । बैठकले गाउँ, नगर वडा, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति समेत परिवर्तन गरेको छ । जस अनुसार गाउँ र नगर अधिवेशन आउँदो भाद् १, निर्वाचन क्षेत्रीय अधिवेशन भाद्र ७ र जिल्ला अधिवेशन भाद्र १० गते सम्पन्न गर्ने  पनि बैठक पछि नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु