भूकम्प पीडितको सहयोगका लागि अष्ट्रेलियामा बास्केटबल

अष्ट्रेलिया, मुलुकमा गएको विनासकारी भूकम्पबाट खर्वौं रकम बराबरको भौतिक क्षति भयो । झण्डै नौ हजार मानिसहरूले अकाल मृत्युवरण गर्नु पर्यो । स्कूल, कलेज, स्वास्थ्य चौकी सामूदायिक भवनहरू खण्डहर बने  । भूकम्पको चपेटामा परेका लाखौँ नेपालीहरू अझै पीडामुक्त हुन सकेका छैनन् । छटपटाई रहेका छन् ।

भूकम्पबाट आहत भएका मुलुकबासीहरूलाई प्रवासी नेपालीहरूले सहयोग गर्ने क्रमपनि यसबीचमा उल्लेख्य मात्रामा भएको छ । एक नेपालीलाई दुःख परेको बखत अर्को नेपालीले सहयोगको हात बढाउन क्रममा यसरी बढोत्तरी आएको छ कि जसका कारण अकल्पनीय क्षति हुँदा समेत मुलुकले बिपद् पछिको अर्को विपत्तिको त्रासदी व्यहोर्नु परेन ।

मुलुकबासीहरूका लागि सहयोग जुट्ने क्रम अझै रोकिएको छैन । यसैक्रममा अष्ट्रेलियामा रहेका जुझारू युवाहरूले बास्केटबल प्रतियोगिता आयोजना गरेर नेपालमा सहयोग पठाउन लागेका छन् । उनीहरूले आगामी १२ जुलाईका दिन अष्ट्रेलियामा एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । क्लव काठमाडौँको व्यानरमा हुन लागेको बास्केटबलमा कुल ७ टीम सहभागि हुने क्लव काठमाडौंका टीम क्याप्टेन राज गर्वुजाले असनेपालन्यूजलाई जानकारी दिए । प्रतियोगिा स्थानीय समायानुसार विहान ८ः०० बजे देखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ ।

‘हाम्रो तयारी अन्तिम चरणमा पुगिसेको छ उनले’ कुराकानीमा भने ‘यो हाम्रो प्रतियोगितात्मक संस्करण होइन विशुद्ध नेपालको भूकम्पको पीडा कम गर्नका लागि आयोजना गरेका हौँ ।’  उनका अनुसार बास्केटबल प्रतियोगिताको लागि टीम दर्ता वापत जम्मा भएको रकम र दर्शकहरूबाट उठेको रकम गोरखा तथा सिन्धुपाल्चोकको विद्यालय निर्माणमा खर्च गरिने छ । त्यसका आलावा कार्यक्रममा आयोजना भएको दिन पनि प्रतियोगिता स्थलमा संहयोग संकलन गर्ने तयारी पनि आयोजक छ ।

खेल सञ्चालन गर्नका लागि खेलाडी आफैँले अतिरिक्त शुल्क उठाएको पनि उनले जानकारी दिए । खेलमा मेलवर्नबाट नेपसिटी पनि सहभागि हुने उनको भनाई थियो ।

प्रतियोगिताको बीचमा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेर सहभागिहरूलाई मनोरञ्जन प्रदान गर्न लागेको पनि उनले बताए । भूकम्पको पीडामा छटपटाई रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि कार्यक्रम आयोजना गरिएकाले प्रतियोगितामा सहभागि हुन आयोजकले अष्ट्रेलियाबासी सम्पूर्ण नेपालीहरूलाई आह्वान समेत गरेको छ । ‘तपाईं हाम्रो सानो सहयोगले नेपालको पुनर्निमाण र नव निर्माणमा महत्पूर्ण टेवा पुग्छ’ उनको आह्वान छ ‘आउनुहोस्, हामी सवै मिलेर एकआपसमा सहयोग गरौँ ।’

सम्बन्धित शिर्षकहरु