पछिल्लो समयमा म्युजिक भिडियोहरू निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहु जस्तो नयाँ मोडेल र कलाकारहरू जन्मिरहेका पनि छन् । मोडलिङको रहर या अवसरको खोजी यस्तै यस्तै कारणले यवतीहरू मोडलिङ क्षेत्रमा प्रवेश गरिरहेका छन् । मानिसहरू मोडलिङमा रम्ने तर मोडलिङमा जम्ने भने सिमित हुन्छन । तर त्यसको अपवाद बन्ने कोशिसमा छिन् आशिकी पाण्डे ।
गुल्मीमा जन्मिएकी आशिकी अहिले युएइमामा रोजगारी साथ साथ मोडलिंगमा ब्यस्त छीन् । तीन वर्ष देखि युएइमा रहेकी पाण्डे अहिले मोडलिङ क्षेत्रमा जम्ने तरखरमा छिन् । ‘एक्टिङहरूमा निखारता र कलाकारितामा निरन्तरता दिनु पर्दो रहेछ । उनले मोडलिङ क्षेत्रमा लाग्दै गर्दाको संघर्षका कथा व्यथा ओकलिन् । उनले थपिन्,– ‘सिक्दैछु आसा छ, भोली मोडल आशिकी पाण्डे भनेर चिनिन सक्छु कि ।’
आशिकी अहिले निकै लागीपरेकी छिन् मोडलिङमा । आधादर्जन लोक तथा आधुनिक गीतहरूको म्युजिक भिडियोमा अभिनय गरीसकेकी आशिकीले २ बर्ष अगाडी हेमन्त शिशीरको “म ता तिम्रा लागि जन्मे” म्युजिक भिडियोबाट आफ्नु सुसुप्त मोडलिङको रहरलाई उजागर गरेकी हुन । ‘सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नामकमाउन चाहन्थेँ’ आशिकी अगाडी भन्दै थिइन् ‘घरपरिवारमा कोही कलाकारितामा नभएकाले मनको चाहना कसैलाई भन्न नै सकिनँ चाहना युएइ आएपछी मात्र पुरा भयो । पहिलो म्युजिक भिडियोमा मोडलिङ गर्दा परिवारलाई थाहा नदिई गर्ने गरेको बताउँदै आशिकीले काम देखेपछी परिवारले दिएको हौसलाले नै यस क्षेत्रमा निरन्तरता दिन सकेको बताउँछिन । ‘अब मेरो रहरलाई कसैसँग सम्झौता नगरी अगाडी बढाउँछु ।’
आशिकीको अहिले आफूले गरेको कामका कारण पछाडि फर्कनु नपरेको बताउँछिन् । उनले कलाकार कमल किरणको “यो मनले तिमीलाई रोजेछ” लोक गायक मिलन लामाको “बाउलाई पैसा चाहियो” मनिसा राईको “कसैलाई हँसाउने कसैलाई रूवाउने” लगायतका गीतमा आफ्नु कुशल प्रतिभा प्रष्फुटन गराई सकेकी छिन ।
बोलिरहन चाहँने चुलबुले आशिकीसँंग अहिले पनि दुई तिन वटा गी तयारी छन् । आफैँ लगानी गर्ने र आफैँ मोडल बन्ने परिपाटी आशिकीलाई पनि मन परेको रहेन छ । प्रतिभा नभएका तर सोखिन मान्छेले गर्दा प्रवासबाट बन्ने म्युजिक भिडियोको स्तर माथि नउठको उनको बुझाई छ ।
कलाकार गरिमा पन्त आर्यन सिक्देलबाट प्रभावित आशिकी चलचित्रबाट अफर आएको खण्डमा आफू तयार रहेको बताउँछिन् । कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृष्य दिन नसक्ने आशिकीको भनाई छ । समाजले पचाउनेसम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । आशिकीका अनुसार सेक्स दुई आत्माको मिलन हो । यद्यपी सेक्सलाई सामान्य रूपमा लिन नहुने उनको तर्क छ । उनले भनिन् ‘अहिले म सिंगल नै छु । मोडलिङमा छुटै नामबनाएर मात्र बिवाह गर्ने बताउँदै उनले भनिन भेट्नेले प्रेम प्रस्ताव राख्छन तर म अहिले प्रेम चक्करमा पर्न चाहन्न । पहिला आफ्नो क्षेत्रमा केही स्थापित हुने , परिवारमा आफ्नो कर्तव्य निर्वाह गर्ने अनिमात्र विवाहको बारेमा सोच्छु । आशिकीलाई आफ्ना भावना बुझ्ने र अरूलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।
प्रस्तुतिः त्रिलोचन कोइराला







