नेप्सेमा क्रमिक सुधार

NEPSEअसार १९ । काठमाडौँ,साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९६ अङ्कले बढेर अन्तिम दिन ९३८.९६ अङ्कमा पुगेको छ ।

गत साता परिसूचक १२ अङ्कले वृद्धि भएको नेप्सेमा सामान्य सुधार आएको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीको नौ हजार ४६९ कारोबारबाट रु एक अर्ब ५९ करोड ३६ लाख १५ हजार बराबरका ३१ लाख १५ हजार १९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको भन्दा ५०।४६ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको कारोबार भएको थियो । जसअनुसार सात हजार ४३५ कारोबारबाट रु एक अर्ब पाँच करोड ९१ लाख ९४ हजार बराबरका रु २७ लाख ७५ हजार नौ हजार १० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको उतारचढाव वाणिज्य बैंक समूहमा ४.७९, बत्ती कम्पनी १.९१, जलविद्युत् समूहको १४.२३, व्यापार समूहको परिसूचकमा ३.८ र अन्य समूहको परिसूचकमा २।३५ अङ्कले तल झरेको थियो भने विकास बैंक ३.१८, होटल समूहको ७.४८, बिमा समूहको १२७.६१ र उत्पादन मुलक समूहको परिसूचकमा १०.०८ अङ्कले सुधार आएको नेप्सेले जनाएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०।४४ अङ्कले घटेर १९९.७८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्वीटी ओरिएनटेड स्किम एक अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

सम्बन्धित शिर्षकहरु