सिड्नी
रोयल नेसनल पार्कको वाटामोला बिचमा पौडि खेल्ने क्रममा एक नेपाली विद्यार्थी सुजन अधिकारीको डुबेर मृत्यु भएको जानकारी आएको छ।हर्सभिल को क्विन स्ट्रिटमा बस्दै आएका २९ बर्षीय सुजन अधिकारी क्रिसमस डे को दिन आईतबार वाटामोला बिचको किनारमा चडेर डाईव गर्दा उनी डुबेको जनाईएको छ।
नेपालमा किर्तिपुर नगरपालीका वडा न १२ घर भएका अधिकारीले भिक्टोरिया युनिभर्सिटीबाट अकाउन्टिङ् बिषयको अध्ययन सकेका थिए। उनी उच्च शिक्षाको लागि सन २००९ मा अष्ट्रेलिया आएका थिए।नेपालमा आफन्तको अनुरोधमा अन्तिम संस्कारको लागि सव नेपाल पठाउने तयारी भईरहेको छ। सव नेपाल पठाउन रकम आवश्यकता पर्ने हुंदा।आवश्याक रकमको लागि सहयोग गरिदीन नेपाली समुदाय संग आग्रह गरिएको छ।
रकम सहयोगको लागि निम्न खातामा जम्मा गरिदिन आग्रह गरिएको छ।
Santosh adhikari
Account Details :
BSB :062235
Account No :10578257








