एडेलेडको निर्वाचन शान्तिपुर्ण

एडेलेड, एनआरएनए अष्ट्रेलियाको निर्वाचन अन्तर्गत एडेलेडमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । निर्धारित समय भन्दा आधाघण्टा ढिला सुरू भएको निर्वाचनमा हाल सम्म एक सय ५० मत खसेको त्यहाँस्थित नेपाली महावाणिज्य दूत दीपक धमालाले जानकारी दिए । त्यहाँ कुल चार सय मतदाता रहेका छन् । उनका अनुसार अन्यत्रको तुलनामा त्यहाँको चुनाव निकै शान्तिपूर्ण देखिएको छ । उनका अनुसार त्यहाँ कुनै पनि प्यानलगत प्रचार– प्रसार भएको छैन

त्यस्तै उम्मेदवारहरूले पर्थमा जस्तै जर्सी पहिरिएका छैनन् भने मतदान स्थल वरपर कुनै पर्चा सामाग्रि र उम्मेदवारहरूको प्यानलगत सूची पनि बाँडिएको छैन ।
कम्प्यूटराइज्ड प्रविधिबाट निर्वाचन भएका कारण निर्वाचनमा केही विलम्ब भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

मतदानमा नेपाली समूदायहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ । स्वयम्सेवकहरूले मतदानलाई व्यवस्थित बनाउनका लागि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । आगामि नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रिएका भरत पोखरेल र सुरेन्द्र सिग्लेलबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतदान साँझ ६ः०० बजेसम्म हुनेछ । मतदान सकिएको तीन घण्टामै परिणाम आइसक्ने नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले असनेपालन्यूजलाई जानकारी दिए ।

मौसम सफा
निर्वाचन अवधिभर मौसम सफा रहने अष्ट्रेलियाको मौसम पुर्वानुमान केन्द्रहरूले जानकारी दिएका छन् । यद्यपी अष्ट्रेलियाको चिसो मौसम नेपाली समूदायको निर्वाचनले तातेको अवस्था छ । पलपलको समाचार अपडेटका लागि हामीसँगै रहनुहोला ।

सम्बन्धित शिर्षकहरु