कृषि मन्त्रालयको कार्यभार बामदेवलाई

Bamdev-Gautamअसार १८ । काठमाडौं,कृषि विकासमन्त्री हरि पराजुलीले राजीनामा दिएपछि यस मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले सम्हाल्ने हुनु भएको छ ।असारे पर्व मनाउने क्रममा महिलामाथि अश्लील व्यावहार गरेको आरोप लागेका कृषि विकासमन्त्री पराजुलीले बिहीवार दिउसो दिनु भएको राजीनामा स्वीकृत भएको हो ।असार १५ गते आयोजित रोपाईं कार्यक्रममा कृषिमन्त्री पराजुलीले महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेपनि एमालेले उनलाई फिर्ता बोलाएको थियो ।

बिहीबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट बसेको शीर्ष नेताको अनौपचारिक बैठकले अर्को व्यवस्था नहुनेन्जलसम्म कृषिमन्त्रालयको कार्यभारपनि गौतमले सम्हाल्ने सहमति भएको एमालेले जनाएको छ । बैठकले तत्काल नयाँ मन्त्री नपठाउने निर्णय गरेको छ । स्रोतका अनुसार सो बैठकमा बलराम बाँस्कोटा, सोमनाथ अधिकारी प्यासी, केशवलाल श्रेष्ठ र दीपक कार्कीलाई मन्त्री बनाउने विषयमा छलफल भएको थियो । बाँस्कोटा र श्रेष्ठ उपाध्यक्ष गौतम निकट हुन भने प्यासी एमालेको निर्वाचन आयोगका प्रमुख र कार्की झापाका सभाषद हुन् ।प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिमा संविधान जारी भएपछि नयाँ सरकार गठन हुने उल्लेख छ ।एमालेले नयाँ सरकारको नेतृत्व आफैंले गर्ने भएकाले तत्काल नयाँ मन्त्री नपठाउने निर्णय गरेको श्रोतले बतायो ।

सम्बन्धित शिर्षकहरु